सूर्या लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनसपछि ७० प्रतिशत हकप्रद जारी गर्ने

  २०७६ ज्येष्ठ २० गते १:११       विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साथै, कम्पनीको सञ्चालक समितिले बोनस सेयरको कर प्रयोजनको लागि ०.६३ प्रतिशत अर्थात ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई कम्पनीको ११औँ वार्षिक साधारणसभाले पारित गर्ने छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २६ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको ७० प्रतिशत हकप्रद सेयर भने १०औं वाषिक साधारण सभाबाट पारित भईसकेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सको जेठ २८ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै