सगरमाथा इन्स्योरेन्सको असार १ गतेदेखि बुक क्लोज

  २०७६ ज्येष्ठ २८ गते १२:५९       विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आगामी असार १ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि सभा सम्पन्न नभएसम्म इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको २२औं वार्षिक साधारणसभा आगामी असार १३ गते बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको भाटभाटेनीस्थित आम्रपाली बैंङक्वेटसमा बस्ने भएको छ । सभाले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्तावलाई पारित गर्दै छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।