Latest News


२०७६ श्रावण २९ गते ३:२६

काठमाडौँ । साताको चौथो दिन नेप्से परिसूचक ५.१७ अंकले घटेको छ । ०.४२ प्रतिशतले घट्दा परिसूचक १२२५.९० अंकमा झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता सेयर किनबेच हुँदा २५ करोड ७२ लाख ८५ हजार १ रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेको दिन आज लघुवित्त समूह मात्रै बढ्को छ भने बाँकी सबै समूह राताम्मे भएका छन् । लघुवित्त समूह ०.१४ अंकले बढेको छ । आज बैंकिङ समूह ६.४९, ट्रेडिङ समूह १.७७, होटल समूह १२.२१, विकास बैंक समूह ०.५२, जलविद्युत समूह ७.१३, वित्त समूह १.०८, निर्जीवन बीमा समूह १०.३६, उत्पादनमूलक समूह ९.१८, अन्य समूह ०.०७, जीवन बीमा समूह २२.०६ र म्युचुअल फण्ड ०.०५ अंकले घटेका हुन् । बजार घटेको दिन आज विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले ४.२६ प्रतिशतले नाफा कमाएका छन् भने वल्र्ड मचेन्ट बैंकिङ एण्ड फाइ...

२०७६ श्रावण २८ गते ३:४९

काठमाडौँ । साताको पहिलो दिन झण्डै ५ अंकले घटेर दोश्रो दिन सोमबार ०.१३ अंकले बढेको नेप्से परिसूचक तेश्रो दिन पुनः घटेको छ । आज २.७८ अंकले परिसूचक घटेको हो । ०.२३ प्रतिशतले परिसूचक घट्दा १२३१.०७ बिन्दुमा पुगेको छ । परिसूचक ओरालो झरेपनि कारोबार रकम भने आज बढेको छ । पहिलो र दोश्रो दिन ३१ करोडको हाराहारीमा मात्रै कारोबार भएको थियो भने आज बढेर ४८ करोड १६ लाख २९ हजार ७६० रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १६५ कम्पनीका १८ लाख ९६ हजार ४५४ कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज म्युचअल फण्ड बाहेक सबै सूचक राताम्मे भएका छन् । बैंकिङ समूह १.३१, होटल समूह २२.५२, विकास बैंक समूह ७.२४, जलविद्युत समूह १, वित्त समूह २.३६, निर्जीवन बीमा समूह ४.५१, उत्पादनमूलक समूह ७.८१, अन्य समूह ४.७७, लघुवित्त समूह १.४२ र जीवन बीमा समूह १९.४ अंकले घटेक...

२०७६ ज्येष्ठ ३० गते ६:४२

काठमाडौं । एनएमबि बैंक लिमिटेड अन्तर्गत सञ्चालित ‘एनएमबि ५०’ले एक अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोष(म्युचअल फण्ड) बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले हाल मात्रै संस्थालाई साे मात्राको फण्ड जारी गर्न अनुमति दिएकाे हो । बोर्डको अनुमति पाएसँगै संस्थाले कोष प्रबद्धक एनएमबि क्यापिटलमार्फत अंकित मूल्य १० रुपैयाँको १२ करोड इकाई बिक्री गर्न लागेको हो । ...

२०७६ ज्येष्ठ ३० गते ९:३४

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आज बन्द हुँदैछ । चैत २८ गते कायम रहेका शेयरधनीका लागि खुलाइएको १ः०.५ अनुपातका ३२ लाख ७५ हजार कित्ता हकप्रदका लागि आज अन्तिम दिन रहेको उक्त लघुवित्तले जनाएको छ । आजसम्म पनि आवेदन नगर्ने हकप्रद लिलाम बढाबढमार्फत् बिक्री हुनेछ । ...

२०७६ ज्येष्ठ २८ गते २:२५

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यूनियन हाइड्रोपावर लिमिटेडको कूल ७५ लाख कित्ता साधारण सेयर(आईपीओ) सूचिकृत भएको छ । हाइड्रोको मंगलबार मात्रै सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । आज सूचिकृत भएको संस्थाको सेयर भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने व्यवस्था रहेको छ । त्यही अनुसार हाइड्रोको पनि अब भोलिदेखि नेप्सेमा सेयर कारोबार शुरु हुने भएको छ । ...

२०७६ ज्येष्ठ २७ गते ७:३५

काठमाडौं । सोमबार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको कूल ५२ हजार ६४० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । ...

२०७६ ज्येष्ठ २७ गते ५:३०

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव सोमबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड १० लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ नाघ्ने छ । ...

२०७६ ज्येष्ठ २७ गते १२:१२

काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडको सोमबार(जेठ २७ गते)देखि सेयर कारोबार रोक्का भएको छ । प्राइम कमर्शियल बैंकसँग गाभिने प्रयोजनको लागि उक्त कार्य सम्पन्न नहुन्जेल फाइनान्सको बुक क्लोज हुन लागेको हो । यस संस्थाले गत शुक्रबार नै प्राइम बैंकसँग गाभिने सम्बन्धि एक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । ...

२०७६ ज्येष्ठ २३ गते ७:४१

काठमाडौं । जेबिल्स फाइनान्सले आगामी असार ६ गते विशेष साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान १० बजे कालिमाटीस्थित कालिमाटी ब्यान्क्वेटमा बस्दै छ । उक्ता सभाले नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति(एक्वीजिसन) गर्ने विशेष प्रस्तावलाई पारित गर्ने छ । सो प्रस्ताव पारित सँगै स्वाप रेसियो १००ः३३ को अनुपातलाई अन्तिम स्वीकृति दिने संस्थाले जनाएको छ । अर्थात जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउने छन् । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी जेठ २७ गते बुक क्लोज हुने भएको छ । उक्त निर्णय हालै बसेको संस्थाको १९५औं बैठकले गरेको हो । ...

२०७६ ज्येष्ठ १९ गते ३:०५

काठमाडौं । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ७ लाख ७५ हजार ६३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । ...

२०७६ ज्येष्ठ १९ गते १:२३

काठमाडौं । देवः विकास बैंक लिमिटेडसँग मर्जमा जान लागेको वेष्टर्न डेभलपमेन्ट बैंक आगामी असार १२ गते १३औँ वार्षिक साधारणसभा बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे दाङ स्थित होटल सिटी प्लाजाको सभाहलमा बस्न लागेको हो । सभाले वेष्टर्न डेभलपमेन्ट बैंकलाई देवः विकास बैंकले प्राप्ति गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई स्वीकृति दिने भएको छ । साथै, दुई संस्था गाभिएपश्चात डीडीए रिपोर्ट(दायित्व मुल्यांकन प्रतिवेदन)का आधारमा सेयर स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने प्रस्तावलाई पारित गर्ने छ । साथै, संस्थाको प्रस्तावित १४.७४ प्रतिशत नगद लाभांशलाई सभाले पारित गर्ने भएको छ । संस्थाले सेयरधनीलाई गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको सो मात्रामा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । २०७५ असार मसान्तसम्म संस्थाको चुक्ता पुँजी ५० करोड ४० ...