Latest News


२०७६ असोज १७ गते ११:४४

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १३ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.६५ प्रतिशत नगद र २.३५ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बिहीबार बसेको संस्थाको संचालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८१ करोड रुपैयाँ रहेको छ । २.३५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८२ करोड ९० लाख रुपैयाँ नाघ्ने छ । ...

२०७६ असोज १६ गते ३:३५

काठमाडौ । विजया दशमी अघि सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । नेप्से परिसूचक ८.६९ अंकले बढेकोे हो । ०.७६ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११४९.४० बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १ सय ५३ कम्पनीले कारोबार गरेका छन् । ६ लाख ४७ हजार ५ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा १७ करोड ६६ लाख ३३ हजार ५सय १४ रुपैयाँको कारोबार भएको हो । बैक समूह ६.१५, होटल समूह २२.४६, विकास बैक समूह १३.०४, जलविद्युत समूह ७.६८, निर्जीवन बीमा समूह ३९.८, उत्पादनमूलक समूह ८३.१५, अन्य समूह १.२९, माइक्रोफाइनान्स समूह १२.२४, जीवन बीमा समूह ४९.५१ अंकले बढेका छन् । यस्तै, वित्तीय समूह ३.२८ अंकले घटेका छन् । युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनाइटेड फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले ९.३१ प्रतिश...

२०७६ असोज २६ गते १:१५

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु प्रभु क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले कात्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौंको कमलादीमा रहेको प्रभु क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो । अब यस संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु प्रभु क्यापिटल मार्फत हुने छ । ...

२०७६ आषाढ़ ६ गते ६:२६

काठमाडौं । धितोपत्र बजारमा विभिन्न दुई संस्थाले कूल ५ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई सो मात्राको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै अब दुई संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरको कूल ५ लाख ३२ हजार ६०० कित्ता सेयर जारी गर्ने छन् । सो मध्ये आँधीखोलाले कूल ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत सो मात्रा अर्थात ४ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । त्यस्तै, घोडाघोडी लघुवित्तले एक लाख ३२ हजार ६०० कित्ता आईपीओ जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्केटमार्फत एक करोड ३२ हजार ६० हजार रुपैयाँ बराबरको आईपीओ ...

२०७६ आषाढ़ ६ गते ४:५३

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ५६ लाख कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा ५ कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये २ कम्पनीको हकप्रद सेयर, दुई कम्पनीको बोनस र एक कम्पनीको दुबै बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर थपिएको छ । यी संस्थाको क्रमशः ३२ लाख ८९ हजार र ३ लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै, नबिल बैंकको ९६ लाख ८६ हजार २४४ कित्ता र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १६ लाख एक हजार ६१३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । जेबिल्स फाइनान्सको दुबै बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । संस्थाको क्रमशः ३ लाख ८९ हजार २८१ कित्ता र ३ लाख ४० हजार ९५५ कित्ता बोनस सेयर नेप्सेमा थपि...

२०७६ आषाढ़ ६ गते ४:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६” तयार गरी जारी गरेको छ । बोर्डले सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न उक्त निर्देशन लागू गर्न लागेको हो । सोही निर्देशन आगामी साउन १ गतेदेखि लागू हुने भएको छ, जसले साविकको निर्देशिकालाई प्रतिस्थापन गरेको छ । बोर्डले धितोपत्र तथा वस्तु बजार सम्वन्धी व्यवसाय तथा काम कारवाही र कारोवारलाई पारदर्शी बनाउने उद्देश्यले उक्त निर्देशन लागू गर्न लागेको हो । जोखिममा आधारित आन्तरिक नीति, कार्यविधि तथा कार्य, ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने तरिका, उच्चपदस्थ व्यक्तिको पहिचान अवलम्बन गर्नुपर्ने उपाय, वास्तविक धनी पहिचान गर्ने, जोखिम व्यवस्थापन र मूल्याङ्कनको अधार, बृहत्...

२०७६ आषाढ़ ५ गते ७:३८

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ४ कम्पनीको ५९ लाख ५० हजार ७३८ कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै जेबिल्स फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जेबिल्स फाइनान्सको ३ लाख ४० हजार ९५५ कित्ता हकप्रद र ३ लाख ८९ हजार २८१ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, मिथिला लघुवित्तको ३ लाख २९ हजार ८८९ कित्ता र मेरो माइक्रोफाइनान्सको ३२ लाख ८९ हजार हकप्रद सेयर सूचिकृत भएको छ । त्यसैगरी, लाइफ इन्स्योरेन्सको १६ लाख एक हजार ६१३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । ...

२०७६ ज्येष्ठ ३१ गते ६:०९

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको ८१ लाख ७१ हजार २५० कित्ता सेयर सूचिकृत भएको छ । सातामा चार दिन मात्र खुलेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र यूनियन हाइड्रोपावरको गरी सो मात्राको सेयर सूचिकृत भएको हो । जसमध्ये स्वाभिमान लघुवित्त र यूनियन हाइड्रोको साधारण सेयर(आईपीओ) र नेपाल कम्युनिटीको बोनस सेयर सूचिकृत भएको हो । स्वाभिमान लघुवित्तको ६ लाख १८ हजार ६१० कित्ता र यूनियन हाइड्रोको ७५ लाख कित्ता आईपीओ सूचिकृत भई दोश्रो बजारमा कारोबार समेत भइसकेको छ । स्वाभिमानको स्टक सिम्बोल ‘एसएमएफबीएस’ र यूनियन हाइड्रोको ‘यूएनएचपीएल’ बाट कारोबार भएको छ । त्यस्तै, नेपाल कम्युनिटीको ५२ हजार ६४० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । ...

२०७६ ज्येष्ठ ३० गते ६:४२

काठमाडौं । एनएमबि बैंक लिमिटेड अन्तर्गत सञ्चालित ‘एनएमबि ५०’ले एक अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोष(म्युचअल फण्ड) बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले हाल मात्रै संस्थालाई साे मात्राको फण्ड जारी गर्न अनुमति दिएकाे हो । बोर्डको अनुमति पाएसँगै संस्थाले कोष प्रबद्धक एनएमबि क्यापिटलमार्फत अंकित मूल्य १० रुपैयाँको १२ करोड इकाई बिक्री गर्न लागेको हो । ...

२०७६ ज्येष्ठ ३० गते ३:३०

काठमाडौं । साताको अन्तिम दिनको बजारमा कूल ४५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कूल १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको छ, जसको सेयर मूल्य प्रतिकित्ता १ हजार २७१ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्ट र प्रभु बैंकको क्रमशः २ करोड ४६ लाख र २ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार दुई कम्पनीको सेयरधनीले ५ प्रतिशत बढी कमाएका छन् । आँखु खोला जलविद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ५.२६ र ५.०८ प्रतिशत कमाएका छन् । बिहीबारको नेप्से परिसूचक २.९२ अंकले घटेर १२६९.५५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशत घटी हो । सातामा ४ दिन भएको कार...

२०७६ ज्येष्ठ ३० गते १२:३०

काठमाडौं । बिहीबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सको १५.४८४ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७१.०७७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७४७.५३८ रुपैयाँ तोकिएको छ । ...