राष्ट्रिय वाणिज्य बैंकको खुदनाफा ७१ करोड

  २०७४ कार्तिक १५ गते १०:२९     विकासन्युज

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रि वाणिज्य बैंकले ३ महिनामा २१ करोड रुपैयाँ नाफा बढाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५० करोड रुपैयाँ मात्र नाफा गरेको थियो ।

बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणमा वित्तीय सुचक सकरात्मक देखिएका छन् । बैंकको निष्क्रय कर्जा २.९२, पुँजिगत लागत १.६७, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७१.७९, कर्जा निक्षेपबीचको ब्याजदर अन्तर ४.९५ र प्रतिसेयर आम्दानी (ईपीएस) २३.५४ प्रतिशत रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप १ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँ छ । यस्तै कर्जा लगानी १ खर्ब ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जगेडामा ३ अर्ब ८२ करोड र चुक्तापुँजी ८ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.