काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर भदौ १८ देखि

  २०७४ भदौ १ गते ८:२३     विकासन्युज

काठमाडौं । काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर भदौ १८ गतेदेखि आउने भएको छ । बैंकले २ कित्ता बराबर १ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मूल्य अंकित ३ लाख ५० हजार ८ सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

साउन १९ गते अघिसम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर भर्न सक्नेछन् । बैंकले असोज २१ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्लोबल आइएमई क्यापिटल र काबेली विकास बैंकका कार्यालय, ग्लोबल आइएमई बैंकका केहि शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.