बैंक अफ काठमाण्डूको नाफा ८९ प्रतिशतले वृद्धि

  २०७४ साउन २७ गते ९:११     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डुको नाफा ८९ दशमलब २३ प्रतिशतले बढेको छ । गत आवको भन्दा ५८ करोडले नाफा वृद्धि गर्दै बैंक अर्ब कमाउने सूचिमा समेत प्रवेश गरेको छ ।

बैंक अफ काठमाण्डुले गत आवको चौथो त्रैमासिक अवधीमा एक अर्ब २३ करोड नाफा आर्जन गरेको हो । जबकी बैंकले अघिल्लो आवको सोही अवधीमा जम्मा ६५ करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।

बैंकको नाफामा ब्याज आम्दानी कै हिस्सा अधिक रहेको देखिन्छ । बैंकले ६ अर्ब ११ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ५५ करोड ब्याज खर्च गरेको छ । बैंकले १७ करोड रुपैंयाँ राइट ब्याकबाट आम्दानी गरेको छ । २ दशमलब ५१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि बैंकले १ दशमलब ४६ प्रतिशतमा झारेको छ ।

बैंक अफ काठमाण्डुको प्रति सेयर आम्दानी २२ दशमलब शुन्य १ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५८ रुपैंयाँ ९८ पैसा छ । ५ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.