प्रभु बैंकको १४ करोडको प्रमोटर सेयर बिक्री, बिहीबार ६७ करोडको सेयर कारोबार

  २०७४ असार ८ गते १५:३९     विकासन्युज

काठमाडौं । बिहीबार सबैभन्दा बढी प्रभु बैंकको १४ करोड १२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । सो दिन यस बैंकको प्रमोटर सेयर प्रतिकित्ता २०१ रुपैयाँमा कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ ।

त्यस्तै, यस बैंकको पब्लिक सेयर पब्लिक सेयर प्रतिकित्ता ३३९ देखि ४०३ रुपैयाँसम्ममा किनबेच भएको छ । बजार बन्द हुँदा बैंकको पब्लिक सेयर प्रतिकित्ता ४०० रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २ अंकले बढी हो ।

बिहीबारको सेयर बजारमा ६७ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन करिब १३९ कम्पनीको १५ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेप्से परिसूचक ४ दशमलब ८० अंकले बढेर १५५९ दशमलब ४९ अंकमा पुगेको छ ।

बजारमा बीमा बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । बीमा समूहको परिसूचक भने ३३ अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.