कति पाउँछन् यती एयरको जहाज दुर्घटनामा मृत्यु भएकाको परिवारले बीमा रकम ?

  २०७९ माघ २ गते ११:१२     विकासन्युज

काठमाडौं । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेको यती ययरको जहाज दुर्घटनामा पर्यो । काठमाडौंबाट बिहान १०ः३३ बजे पोखराका लागि उडान भरेको यती एयरलाइन्सको जहाज ९ एन–एएनसी जहाज पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको नयाँ गाउँस्थित सेतीको खोचमा दुर्घटनामा परेको थियो ।

जहाजमा क्याप्टेन कमल केसी, को–पाइलट अञ्जु खतिवडा र एयर होस्टेज सृजना होंगचुन र ओसीन आलो मगर थिए । जहाजमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु गरी ७२ जनाको मृत्यु भएको छ ।

जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । दुर्घटनामा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रशियन, एक जना आयरल्याण्ड, एक जना अष्ट्रेलियन, एक जना अर्जेटिनी, दुई जना कोरियन, एक जना फ्रान्सेली गरि ६८ जना र चालक दलका ४ जना सहित ७२ जना थिए ।

उक्त जहाज दुर्घटनामा मृत्यु भएकाको परिवारले जनही २० हजार अमेरिकी डलर पाउने भएका छन् भने भने चालक दलका सदस्यको बीमा भने ४० हजार अमेरिकी डलरको हुन्छ ।

हालसम्म नेपालमा आन्तरिक उडान वार्सा महासन्धी र हेग प्रोटोकल अन्तर्गत रहेको छ । जसमा यसको दायित्व २० हजार अमेरिकी डलर रहेको छ । आइतबारको अमेरिकी प्रतिडलर विनियम दर १२९.४६ रुपैयाँ अनुसार हिसाब गर्दा यती एयर दुर्घटनाबाट मृत्यु भएका मृतका परिवारले २५ लाख ८९ हजार २ सय रुपैयाँ पाउँछन् ।

उक्त प्रोटोकल अन्तर्गत नै विमान कम्पनीले बीमा रकम दिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले यती एयर दुर्घटनामा मृत्यु भएका मृतका परिवारलाई वार्सा महासन्धीलाई नै आधार बनाएर बीमा रकम दिनुपर्ने जनाएको छ । उक्त रकम विमान कम्पनीले नभएर बीमा कम्पनीले भुक्तानी गर्नुपर्छ ।

सो जहाजको बीमा हिमालयन एभरेष्ट बीमा कम्पनीले गरेको छ । हिमालयन एभरेष्टले कुल बिमांक रकमको ०.०५ क्षति आफूले व्यहोर्ने गरी पुनर्बीमा गराएको छ । आइतबारको दुर्घटनाको क्षति मूल्यांकलनका लागि इन्स्योरेन्स कम्पनीले सिंगापुरबाट सर्भेयर झिकाएको पनि बताएको छ ।

यस्तै, सम्बन्धित वायुसेवा कम्पनीले चालक दलका सदस्यको छुट्टै बीमा गरेको हुन्छ । यती एयरका एक पाइलटका अनुसार चालक दलका सदस्य ९पाइलट० को १ करोड रुपैयाँ बराबरको बीमा गरिएको हुन्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् १९९९ देखि लागू गरेको मोन्ट्रियल महासन्धि नेपालमा २०७५ मंसिर २९ देखि लागू भएको हो । अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाई यात्रुहरुको दुर्घटनाबाट मृत्यु भएमा, चोटपटक लागेमा १ लाख १३ हजार १ सय एसडिआर (अन्तराष्ट्रिय मुद्रा कोषको मौद्रिक इकाइ) रहेको छ । यो रकम भनेको १ लाख ५८ हजार ३४० अमेरिकी डलर बराबर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.