धितोपत्र बोर्डको कारवाहीमा पर्यो ब्रोकर नंं. १३

  २०७९ साउन ३० गते १६:२२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लि (ब्रोकर नंं. ११) लाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । ब्रोकरले स्वीकृति बिना शाखा खोलेको भन्दै नियामक निकाय धितोपत्र बोर्डले सो मात्राको आर्थिक जरिवाना गराएको हो ।

बोर्डले बुधबार एक सूचना जारी गर्दै काठमाडौंको नक्साल स्थित रहेको उक्त ब्रोकरलाई धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम सो मात्राको जरिवाना गरेको जानकारी गराएको हो ।

कुनैपनि ब्रोकरले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्ने भन्ने व्यवस्था रहेको छ । तर धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउसले भने उक्त व्यवस्था विपरित तनहुँ जिल्लास्थित व्यास नगरपालिका वडा नं. २, दमौलीमा शाखा कार्यालय स्थापना गरेको पाइएको छ । सो अनुसार उक्त ब्रोकर कारवाहीमा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.