फक्सवागनले ल्यायो एक्सचेन्ज अफर, ५० हजारसम्मका एक्सेसरिजका साथै लायल्टी बोनस पनि

  २०७९ साउन २० गते १२:०७     विकासन्युज

काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले फक्सवागन मनसुन एक्सचेन्ज याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत ग्राहकहरुले आफुसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न सक्नेछन् ।

कम्पनीकाे अनुसार ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन् । अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकहरुले समेत आफ्नो पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरू समेत पाउने कम्पनीले जनाएकाे छ ।

यसका साथै, योजना अवधिभर ग्राहकहरुले सहज फाइनान्सको सुविधाको साथमा ४८ घण्टाको
सबैभन्दा राम्रो एक्सचेन्ज मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे अनुसार सो मूल्याङ्कन ४८ घण्टाको लागि मात्र मान्य हुनेछ । यति मात्र नभएर ५० हजारसम्मका एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ।

यसका साथै कम्पनीले नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरुममा आउने ग्राहकहरू मध्येबाट भाग्यशाली विजेताले लक्जरी रिसोर्टमा स्टेकेसन जित्न सक्नेछन् ।

हाल नेपालमा फक्सवागनका पोलो, भेन्टो, टाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । फक्सवागनको गाडीहरू १ वर्ष वा १५ हजार किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मद्दत गर्दछ, २ वर्षको अनलिमिटेड केएम वारेन्टी र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ। नेपालभर फक्सवागनका १० वटा शोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन् ।

पूजा इन्टरनेशनल नेपालले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.