विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल आइपुगे

  २०७९ वैशाख ८ गते १३:३६     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएजओ)का महानिर्देशक डा. डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल आएका संगठनका महानिर्देशक डा. ट्रेडोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने छन् ।

उनी आजदेखि १० गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल रहँदा उनले टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको भ्रमण गर्नेछन् भने नेपालले कोभिड नियन्त्रणका लागि गरेका अन्य कामका साथै खोप कार्यक्रमबारे पनि जानकारी दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.