२०७८ मंसिर ५ गते १०:४५ विकासन्युज
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले २९.१३ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश घोषणा गरेको हो ।
मंसिर ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २७.७० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश गत दुई वर्ष यताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ र २०७५/७६ को नाफाबाट सेयरधनीलाई १५/१५ प्रतिशतको दरले लाभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ४६ लाख रुपैयाँ छ । २७.७० प्रतिशत लाभांश प्रश्चात संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख रुपैयाँ पुग्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.