टेलिकमको सिममा फ्रड कलबाट पैसा काटिँदै, अनावश्यक एप हटाउन आग्रह

  २०७८ भदौ १७ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विदेशबाट आउने मिस्ड कलहरुसँग होसियार रहन आग्रह गरेको छ ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले विदेशबाट आउने मिस्डकलमा फोन गर्दा कल सफल भएपनि कोही नबोल्ने मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने देखिएको भन्दै सबैलाई होसियार रहन आग्रह गरेको हो ।

यसका साथै केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको पनि टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले यस्तो घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउनु हुन अनुरोध गरेको छ ।

कम्पनीले यस सम्बन्धमा आवश्यक विश्लेषणको कार्य भइरहेको पनि जानकारी दिएको छ ।

टेलिकमले यस्तो अवस्थाबाट बच्नका लागि कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्नु पनि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.