एआईटिम कलेजमा बेलायतकाे बर्मिङहम सिकाेको पढाई सुरु

  २०७८ भदौ १२ गते १४:४२     विकासन्युज

काठमाडाैं । नेपाली विद्यार्थीहरुले स्वदेशमै बसेर बेलायतस्थित बर्मिङहम सिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन ।

एशिएन इन्स्टिटयूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआईटिम) कलेजले बर्मिङहम सिटी युनिभर्सिटीको कार्यक्रमहरु समावेश गरेर पठनपाठन सुरु गरेसँगै नेपाली विद्यार्थीहरुलाई सो अवसर प्राप्त भएको हो ।

ललितपुरस्थित अन्तराष्ट्रिय स्तरको सो कलेजले बेलायतस्थित बर्मिङहम सिटी कलेजको कार्यक्रमहरुपनि समावेश गरेर पठनपाठनलाई अघि बढाएको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपालका लागि बेलायती राजदुत निकोला पोल्लिट्टले संयुक्त रुपमा सो कार्यक्रम उद्घाटन गर्दै बाह्य मुलुकमा समेत प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा नेपालले पनि सो कलेजमार्फत् उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

कलेजले नेपालमै पहिलो पटक बर्मिङहम सिटी युनिभर्सिटीसँग साझेदारी गर्न सफल भएको दावी गर्दै गौरवको महशुस भएको जनाएको छ । कलेजका सिईयो डा. रोशन राठीले कलेजले सधैं उच्च गुणस्तरको अन्तराष्ट्रिय शिक्षा प्रदान गरेको र आगामी दिनमा पनि बर्मिङहम सिटी युनिभर्सिटीमार्फत् नेपाल बाहिरबाट पनि विद्यार्थीहरुलाई आकर्षित गर्न सकिने विश्वास समेत व्यक्त गरे ।

खुमलटार हाईटमा रहेको यो कलेजको स्थापना सन् २०१२ साल जुन २० मा भएको थियो । १६ रोपनी जग्गामा फैलिएको यो कलेजको भौतिक पूर्वाधार उत्कृष्ट रहेको दावी गरिएको छ । कलेजले अन्तराष्ट्रिय स्तरको व्यवस्थापन संकायको स्नातक पाठ्यक्रमहरुको अध्यापन गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.