लक्ष्मी बैंकका ग्राहक खति भए ‘युरो कप विथ फोनलोन’ को विजेता

  २०७८ साउन ६ गते १०:४१     विकासन्युज

काठमाडाें । लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता भएका छन् ।

फोनलोनले संचालन गरेकाे ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ अभियानका विजेता खतिले ५५ इन्च स्मार्ट टिभी जितेका छन् ।

असार १ गते देखी २३ गतेसम्म संचालन भएकाे यस अभियानमा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी भएका थिए ।

कम्पनीकाे अनुसार यस अभियानमा विजेताकाे छनौट फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ मार्फत गरिएको हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.