गोर्खाज फाइनान्सले सुरु गर्यो ‘डिम्याट एकाउन्ट सेवा’

  २०७७ माघ १३ गते ९:०६     विकासन्युज

काठमाडाैं । गोर्खाज फाइनान्सले डिम्याट एकाउन्ट सेवा सुरु गरेकाे छ । फाइनान्सले साेमबारबाट लागु हुने गरी डिम्याट एकाउन्ट सेवा सुरु गरेकाे हाे ।

यसकाे लागि फाइनान्स र सीडीएससीबीच सम्झाैता भएकाे छ । सम्झाैता पत्रमा फाइनान्सकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाल बहादुर थिङ र सीडीएससीको सिईओ पूर्ण प्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सीडीएससीबाट डिम्याट एकाउन्ट खोल्ने लाइसेन्स गोर्खाज फाइनान्सले प्राप्त गरेको छ ।

गोर्खाज फाइनान्सले २३ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.