आजबाट डिशहोम रियालिटी टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

  २०७७ माघ ४ गते १९:२५     विकासन्युज

काठमाडौं । आज (आइतबार)बाट डिशहोमको रियालिटी टिभीमा रियालिटी शो ‘कलाको मेला’ सुरु हुँदैछ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले डिशहोमको रियालिटि टिभी-च्यानल नं. १०२ मा उक्त कार्यक्रम शुरु हुने भएको हो ।

हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिशमिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.