बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिको निर्देशन

  २०७७ जेठ ३२ गते १७:०४     विकासन्युज


काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आइतबार एक निर्देशिका जारी गर्दै बीमा कम्पनीलाई सोमबार(असार १ गते)देखि दुई सिफ्टमा कम्पनी सञ्चालन निर्देशन दिएको हो ।

सरकारले गरेको निणर्य बमोजिम बीमा कम्पनीहरुलाई बिहान ८ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट र दिउँसो १ देखि बेलुकी ६ बजेसम्म अर्को सिफ्टमा आफ्नो कार्यालय सञ्चालन गराउने व्यवस्था मिलाउन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताएका छन् ।

साथै, जीवन बीमा प्रिमियम बापतको रकम भुक्तानी गर्ने म्याद थप गरी लकडाउन अवधी सकिएको १५ दिनसम्म कायम गर्न समितिले निर्देशन दिएको छ । यस अघि उक्त रकम भुक्तानी गर्ने समय जेठ मसान्तसम्म तोकिएको थियो ।

त्यस्तै, गत बैशाख १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार सबै बीमा कम्पनीका कार्यालय प्रमुखहरुले सबै कर्मचारीहरुलाई खाई पाई आएको तलव भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ । ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.