एलजीको रेड फेयरमा ५०% सम्मको छुट, १ जोडीलाई ताज मेघौली घुम्ने अवसर

  २०७६ फागुन १२ गते ११:५२     विकासन्युज

काठमाडौं । एलजीले आइतबारदेखि एलजी रेड फेयर ल्याएको छ । जसअन्तर्गत  ग्राहकले  एलजीको सामानहरुको खरिदमा ५०% सम्म छुट पाउन सक्नेछन् ।

इनोभेसन फर बेटर लाईफको लक्ष्य सहित एलजीले सधै ग्राहकहरुको लागि इनोभेटिभ घरायसी सामाग्रीहरु उपलब्ध गराउदै आएको छ ।

एलजीले टिभी., रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माईक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, एसि. र डिस्वासर जस्ता अत्यावश्क सामाग्री ग्राहक वर्गहरुको लागि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ ।

यस रेड फेयर अन्तर्गत लक्की ड्र मार्फत बम्पर उपहारमा १ जोडीलाई ताज मेघौली सेराई घुम्ने अवसर पाउने छन् । हरेक हप्ता लक्की ड्र मार्फत एलजीको अडियो सिस्टम पनि जित्न सक्ने छन् ।

यो योजना एलजीका सबै व्यापारिक केन्द्रहरुबाट पाउन सकिने र सिमित अवधिको लागि नेपाल अधिराज्यभरि लागु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.