राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम सम्पन्न

  २०७६ पुष १४ गते १०:५१     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको नुवाकोट शाखाले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा जीवन बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो ।

पुस ९ गतेदेखि १२ गतेसम्म तीन दिन बिदुर नगरपालिकाको बट्टारमा जीवन बीमा अभिकर्ताको लागि आधारभूत तालिम कार्यक्रम भएको थियो । नुवाकोट शाखाका प्रमुख राजकुमार भडेलको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका थिए ।

तालिम कार्यक्रममा संस्थानका प्रधान कार्यालय बजार व्यवस्थापन विभागका चुडा राज अधिकारी र बिनोद कुमार भट्टले प्रशिक्षण दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.