२०७६ साउन ७ गते १९:३८ विकासन्युज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय क्षेत्रलाई सबल र सुदृढ बनाउनका निमित्त चालेको मर्जर तथा एक्विजिसन सम्बन्धी नीति बमोजिम आशा लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागी बाटो खुल्ला गरेको छ ।
हालै बसेको संचालक समितिको बैठकबाट संस्थाका संचालक प्रदीपकुमार खड्काको संयोजकत्वमा संचालक सुसन शेरचन सदस्य तथा प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल सदस्य सचिव रहेको तीन सदस्य मर्जर कमिटी गठन गरेको हो ।
मर्जर कमिटी गठनसंगै प्रमुख कार्यकारी अधिकृत दुलालले अब अन्य लघुवित्त वित्तीय संस्थासंग तीब्र गतीमा मर्जर तथा एक्विजिसनको लागी छलफल अगाडि बढ्ने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.