नेप्सेको प्रष्टीकरण : अनलाइन प्रयोगकर्ताले १ मिनेट छिटो सूचना पाउँछन्

  २०७६ जेठ २७ गते १२:३६     विकासन्युज

काठमाडौं । अनलाइन प्रयोगकर्ताले सामान्य प्रयोगकर्ताले भन्दा छिटो सूचना पाउने तथ्य खुलेको छ । नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबारका अनलाइन प्रयोगकर्ताहरुले सामान्य प्रयोगकर्ताभन्दा १ मिनेट छिटो सूचना पाउने गरेको प्रष्ट पारेको हो । अनलाइन प्रयोगकर्ताले हेर्ने गरेको तथ्यांक र वेभसाइटमा देखिएको तथ्यांकमा फरक आएको समाचारका बीच नेप्सेले त्यस्तो फरक स्वाभाविक रहेको भन्दै आफ्नो सिस्टममा प्राविधिक समस्या नरहेको प्रष्टिकरण दिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले ट्रेड क्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोगकर्ताले जुनसुकै देशमा पनि वेभसाइट प्रयोगकर्ताले भन्दा छिटो सूचना पाउने गरेको र कुनै देशमा यो समय १५ मिनेटसम्म फरक पर्ने गरेको भन्दै नेप्सेको सिस्टममा भने त्यस्तो फरक १ मिनेट मात्रै रहेको बताए । उनले कुनै देशमा शुल्क तिर्नेहरुका लागि छिटो र नतिर्नेहरुका लागि ढिलो डाटा डिस्प्ले हुने व्यवस्था रहेको समेत जनाएका छन् ।

नेप्सेको यो स्पष्टिकरणले गर्दा युजरनेम र पासवर्ड नलिई सामान्य तरिकाले ब्रोकरमार्फत् कारोबार गर्दै आएका लगानीकर्ताहरुलाई अनलाइन प्रणालीमा सिफ्ट हुने दवाव पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.