काठमाडौंको ढुङ्गाअड्डामा मुक्तिनाथको नयाँ शाखा

  २०७६ वैशाख ६ गते १७:१२     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले काठमाडौंको ढुङ्गाअड्डामा शुक्रबारदेखि नयाँ शाखा शुरु गरेको छ । उक्त शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे ।

शाखा कार्यालय उद्घाटन गर्दै प्रमुखअतिथि गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्न सहयोग पुर्याएको बताए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, बैकका ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली), चन्द्रागिरी न.पा. वडा नं १५ का अध्यक्ष उत्तमवहादुर राउत, सुन्दर वन अफ साइन्सका प्रिन्सिपल धुव्र आचार्यले बैंकको सफलताको शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवाविस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.