अर्थमन्त्री डा. खतिवडा भन्छन्ः नेपालमा लगानीका लागि उपयुक्त समय हो

  २०७५ माघ २२ गते ९:०६     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको बताएका छन् । साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानसँगको भेटमा मन्त्री डा खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताएका हुन ।

अर्थमन्त्री खतिवडाले पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह पनि गरे । नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई मन्त्री खतिवडाले धन्यवाद पनि दिए । करीब चार लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै उनले साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरीबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग पु¥याएको बताए ।

मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउन दूतावासमार्फत सन्देश प्रवाह गर्नुपर्ने बताए । नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेकाले साउदी नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्र्याउने र नेपाली कामदारलाई सिधै आवतजावत गर्न सहज हुने उल्लेख गरे ।

भेटमा साउदी अरेबियाका राजदूतले साउदी फण्डमार्फत नेपालमा भूकम्पपछिको पुनःनिर्माण, शिक्षा, स्वास्थ्य र निजी आवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको बताए । नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.