स्वावलम्बन लघुवित्त वित्तीय संस्था १८ औं वर्षमा

  २०७५ माघ ६ गते १४:४५     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएकाे छ ।

लघुवित्त अभियन्ता शंकरमान श्रेष्ठको प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको विशेष आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठले गरेका थिए ।

नेपाल राष्ट्र बैंक, लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक तथा विशेष अतिथि जनकबहादुर अधिकारीले शुभकामना दिनुहुँदै नेपालका लघुवित्त वित्तीय संस्थाहरु मध्येको एक सक्षम संस्था स्वावलम्बनको लघुवित्त क्षेत्रको विकासमा विशिष्ट योगदान रहेको बताए ।

संचालक समितिका अध्यक्ष तथा समारोहका सभापति रामकुमार श्रेष्ठले आगामी दिनमा लघुवित्तमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि तथा आयस्तरमा वृद्धि गर्न उनीहरुको लागि सीप लगायत शिक्षा जस्ता विषय समेत संगसंगै लान र उनीहरुलाई सकृय राख्न वित्तीय संस्था अगाडी बढ्ने बताए ।

प्रमुख कार्यकारी अधिकृत भोजराज वस्यालले वित्तीय संस्थाले सानो सानो कर्जा, बचत, लघुवीमा लगायत वित्तीय साक्षरताको माध्यमबाट उद्यमशीलता विकास गर्दै आर्थिक सामाजिक रुपमा स्वावलम्बी समाजको निर्माण गर्न वित्तीय संस्था अग्रसर रहेको जानकारी दिएका छन् ।

पहिलैदेखि सेवा प्रदान गर्ने कर्मचारीहरुलाई सम्मान एवंम उक्त कार्यक्रममा उत्कृष्ट शाखा कार्यालय, ग्राहक सदस्य तथा कर्मचारीका छोरा छोरीहरु मध्ये २०७४ सालको एस.इ.इ. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने १२ जनालाई नगद सहित सम्मान–पत्र प्रदान गरिएको थियो ।हाल सातै प्रदेशका ५७ जिल्लामा रहेका १२८ शाखा तथा ९ इलाका कार्यालय मार्फत २ लाख ३० हजार बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.