निर्वाचन आयोग विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा हाल्दै नेकपा

  २०७५ मंसिर २० गते ८:३४     विकासन्युज

काठमाडौं । निर्वाचन आयोग विरुद्ध नेपाल कम्युनिष्ट पार्टी सर्वाेच्च अदालतमा मुद्धा हाल्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाममा विधिवत् रुपमा हाम्रो दल निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भन्ने नाममा दर्ता दिने निर्वाचन आयोगको कदमका विरुद्ध सर्वाेच्चमा मुद्धा हाल्न लागेको हो ।

नेकपाका कार्यालय सचिव रत्नप्रसाद जोशीले बिहिबार सर्वाेच्च अदालतमा मुद्धा हाल्न लागेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.