सिटिजन्स बैंकले साढे २ अर्ब ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

  २०७५ मंसिर ३ गते १४:३३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको “सिटिजन्स बैंक बण्ड २०८५” निष्कासन गर्ने भएको छ । सो मात्राको बण्ड(ऋणपत्र) निष्कासन गर्नको लागि बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

बिक्री प्रबन्धकमा नियुक्ति भएसँगै ग्लोबल आइएमई क्यापिटलले बैंकको एक हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बण्ड सर्वसाधारणमा जारी गर्ने छ ।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुखकार्यकारी अधिकृत पारसमणी ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत(अर्थात २ अर्ब रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत(अर्थात ५० करोड रुपैयाँ) सर्वसाधरणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.