एनआईसी एशियाका ग्राहकलाई ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट

  २०७५ साउन १४ गते १८:३७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार दुई संस्थाबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई हस्पिटलमा उपचार गराउँदा सो मात्राको छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलर हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.