राहुल गान्धी भारतीय काँग्रेसका अध्यक्ष पक्का
नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ । सो पदमा उम्मेदवारी उनको मात्र परेको छ । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुनुहुने निश्चित भएको हो । हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष छिन् । सोनियाले १९ वर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छिन् । स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् । यस अघि पनि राहुल गान्धी ५ वर्षदेखि पार्टीको उपाध्यक्ष थिए । आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुनुहुने निश्चित भएको बताइएको छ । सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ । रासस
टाइमले सार्वजनिक गर्यो ‘२०१७ का १० शक्तिशाली व्यक्ति’, ट्रम्पदेखि किम जोङसम्म बने वर्ष व्यक्ति
टुडे । टाइम म्यागजिनले सन् २०१७ का उत्कृष्ट १० वर्ष व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । पछिल्लो वर्ष समाचारलाई प्रभावित पार्ने व्यक्तित्वहरुलाई सूचीकृत गर्दै टाइमले १० जनाको नाम सार्वजनिक गरेको हो । विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुचीमा परेका छन् । गत वर्ष पनि उनी यो सूचीमा पर्न सफल भएका थिए । दुई साता अघि मात्र ट्रम्पले उक्त पदावीका लागि टाइमको प्रस्ताव अस्विकार गर्ने घोषणा गरेका थिए । यद्यपी टाइमले यो कुरा झुटो भएको दाबी गरेको छ । यो म्यागजिनले अर्का उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई पनि सूचिकृत गरेको छ । ट्रम्पले उनलाई ‘सानो रकेट म्यान’ को उपनाम दिएका थिए । उनले लगातारको मिसाइल परिक्षणपछि विश्वयुद्धको भय फैलिएको छ । यो सूचीमा एमेजनका सिईओ जेफ बेजोस पनि परेका छन् । यो वर्षका विश्वकै धनीको सूचीमा परेका उनले संसारमै खुद्रा कारोबारमा राज गरेका छन् । त्यस्तै ३२ वर्षे साउदी अरबका राजकुमार मोहम्मद बीन सलमान पनि यो सूचीमा परेका छन् । अर्को तर्फ चीनका राष्ट्रपति सि जिनपिङ पनि सूचीकृत भएका छन् । उनलाई चीनमा दोस्रोपटक पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल दिइएको छ र कम्युनिष्ट पार्टीको विधानमा नै उनलाई मुलुकको शताब्दीकै शक्तीशाली राष्ट्रपतीका रुपमा अभिलेख गरिएको छ ।
अदालतको पेशी अगावै माल्याले भने, ‘सबै आरोप मनगढन्ते हुन्’
नयाँ दिल्ली । रक्सी व्यापारी विजय माल्याले आफूमाथी लगाइएको सबै आरोप झुठो भएको बयान दिएका छन् । सोमबार लण्डनको वेस्ट मिन्स्टर अदालतमा पेशीभन्दा अगाडी आफूमाथी लगाइएको सबै आरोप मनगढन्ते भएको दाबी गरेका हुन् । उनका अनुसार उनीमाथीका सबै आरोप आधारहीन छन् । माल्याले भने, ‘मैले बारम्बार भनेको छु – सबै आरोप झूठा, मनगढन्ते र आधारहीन छन्। मलाई यसबारेमा भन्नु केही छैन। कोर्टमा पेश गरिएका प्रमाण नै पर्याप्त हुनेछ ।’ माल्याले यसबारे अरु कुरा भन्नलाई मानेनन् । उनले भने , ‘म निर्णय लिन्न र अदालतको कारवाहीको सामना गर्नेछु ।’ अचम्म के छ भने माल्यामाथी भारतका १७ बैंकका ९ हजार करोड रुपैयाँ कर्जा नतिरेको आरोप छ, जुन माल्याले आफ्नो बन्द भइसकेको किंगफिशर एयरलाइन्सका लागि लिएका थिए । यती मात्र होइन माल्यामाथी फर्जी तरीकाबाट ऋण लिएको पनि आरोप छ । यो पनि पढ्नुहोस् : भारतका ‘भगौडा’ बेलायतको यो गाँउमा ‘मसीहा’ ! सोमबार हुँदैछ माल्याविरुद्ध सुनुवाई