संसारभरमा के कारण बढी हुन्छ मानव मृत्यु ?
काठमाडौं। सन् १९९५ मा मानिसको औसत आयु ४६ बर्ष मात्रै हुने गर्थ्यो भने २०१५ मा आईपुग्दा औसत आयु ७१ बर्ष भन्दा माथि पुगेको छ। रोग, माहमारी र अप्रत्याशित घटनाहरूको कारण भने केही देशहरूमा अझै पनि मानिसहरुको औसत आयु बढ्न नसके पनि समग्रमा हेर्ने हो भने मानिसको औसत आयु बढेको देखिन्छ। आतंकवाद, युद्ध र प्राकृतिक प्रकोपहरुबाट मृत्यु हुने मानिसको संख्या बर्षानी धेरै हुने जस्तो लागेता पनि संसारभर यसको कारण मृत्यु हुनेको संख्या जम्मा ०.५ प्रतिशत मात्र रहेको छ। संसारभर धेरै मानिसहरु अल्पायुमै तथा सजिलै रोकथाम गर्न सकिने रोगका कारण समेत मृत्युवरण गर्दै आएका छन्। यि हुन् मृत्युका कारण २०१७ को डाटा हेर्ने हो भने त्यसबर्ष ५ करोड ५६ लाख मानिसहरुको मृत्यु भएको थियो। यो संख्या सन् १९९० को भन्दा १ करोड १० लाख बढी हो। विश्वव्यापी रुपमा जनसंख्या र मानिसको औसत आयु बढेसँगै मानिसको मृत्युदर पनि बढेको छ। संसारभर नर्सने रोग र दिर्घकालिन रोगको कारण ७० प्रतिसत मानिसको मृत्यु हुने गरेको छ त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्युको कारण हृदय रोग रहेको छ। यो एक तिहाइ मानिसको मृत्युको कारण हो। यो संख्या क्यान्सरको कारण मृत्यु हुनेको दाँजोमा दुईगुणा बढी हो। संसारभरमा मृत्यु हुने ६ जना व्यक्ती मध्ये एक जना व्यक्तीको मृत्युको कारण क्यान्सर हो जुन मृत्यु हुनुको दोस्रो ठुलो कारण बनेको छ। मधुमेह, श्वासप्रश्वास सम्बन्धी रोग त्यसपछीको मृत्युको कारण रहेको छ। सजिलै रोकथाम गर्न सकिने रोग सजिलै रोकथाम हुने सामान्य रोगहरुबाट मृत्यु हुनेको संख्या सबैभन्दा डरलाग्दो रहेको छ। २०१७ मा झाडापखला जस्ता रोगबाट लगभग १६ लाख मानिसको मृत्यु भएको छ र यसलाई संसारभर मृत्यु हुनुको १० कारणमा राखिएको छ। केही देशहरूमा भने यो मृत्यु हुनेको सबैभन्दा ठुलो कारण बनेको छ। त्यस्तै जन्मिएको पहिलो २८ दिनमा मृत्यु हुने नवजात शिशुको संख्या १८ लाख रहेको छ। यो मृत्युदरको संख्या हरेक देशमा फरक फरक हुनेगरेको छ। मानिसको औसत आयु धेरै भएको मानिन जापानमा भने जन्मिएको २८ दिनमा मृत्यु हुने नवजात शिशुको संख्य १००० भन्दा कम रहेको छ। त्यस्तै धनी र गरीब देशहरूमा सडक दुर्घटनाको कारण मृत्यु हुनेको संख्या ठुलो रहेको छ। २०१७ मा मात्र सडक दुर्घटनाको कारण मृत्यु हुनेको संख्या १२ लाख रहेको थियो। हालैका दशकहरूमा उच्च आयकर भएको देशहरूमा सडकको दुर्घटनाको संख्या घट्दै गएको देखिएको भए पनि विश्वव्यापी रूपमा सडकमा दुर्घटनाको कारण मृत्यु हुनेको संख्या लगभग उस्तै रहेको छ। त्यसबाहेक विश्वभरको लगभग दुई गुणा बढी मानिसहरु आत्महत्या त्यसमा पनि अर्को व्यक्तिद्वारा मारिएको संख्या बढि रहेको छ। बेलायतमा भने आत्माहत्याको कारण मृत्यु हुनेको संख्या १६ गुणा बढी रहेको छ जसमा २०-४० उमेर समुहका युवकहरु बढी रहेका छन्। मृत्युको कारण पहिले र अहिले मानिसहरुको के कारणले बढी मृत्यु भयो भन्ने कुरा समयसँगै बद्लिएर गएको छ। विगतको समयमा मृत्यु हुनेमा संक्रामक रोग ठुलो कारण रहेको थियो जुन अहिले आएर हुँदै गएको छ। सन् १९९० मा सरुवा र संक्रामक रोग एक तिहाइ मानिसको मृत्युको कारण हुने गर्थियो जुन २०१७ मा आएर मात्र हरेक ५ मा १ जनाको मृत्युको कारण बनेको छ। तपाई कति लामो समय बांच्नुहुनेछ ? बालबालिकाहरु संक्रमित रोगहरुबाट चाँडै नै प्रभावित हुने गरेका छन्। १९ औं शताब्दीमा मात्र प्रत्येक तेस्रो बच्चाको पाँच बर्ष भन्दा पहिले मृत्यु भएको छ। त्यसयता पोषण युक्त खानेकुरा स्वास्थ्य सेवा र स्वच्छ पानीको पहुँचमा सुधार भएसँगै बच्चाहरुको मृत्युदर घटेर गएको देखिन्छ। धनी देशमा बच्चाहरु को मृत्युदर एकदमै कम भएता पनि गरीब क्षेत्रहरुमा बच्चाहरुको मृत्युदर अझै पनि बेलायत र स्वीडेनमा २० औं शताब्दीको अवस्थामा जे थियो त्यही रहेको छ। विश्वव्यापी रुपमा बालिकाको मृत्युदर घट्नु आधुनिक स्वास्थ्य सेवाको सबैभन्दा ठूलो सफलता रहेको छ । रोगहरुसँग लड्ने सक्ने उपायहरुको बिकाससंगै हालैका दशकहरूमा प्रत्येक वर्ष मृत्यु हुने बच्चाहरूको सङ्ख्या आधा भन्दा बढी घटेको छ भने वृद्ध मानिसहरूमा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो छ । (बिबिसीबाट नेपालीमा उल्था गरिएको)
अमेरिका-चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी, ट्रम्प-सीबीचको शिखर बैठक कहिले ?
बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको सम्भाव्य शिखर बैठकको मिति भने तय नभएको बताइएको छ । अमेरिकी अर्थ मन्त्री स्टिभन मनचिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चीनका वरिष्ट आर्थिक अधिकारी लिऊ हे सँग टेलिफोनमा कुराकानी गरेका थिए । उनीहरुबीच व्यापारसम्बन्धी मुलभूत विषयहरुमा छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन र संयुक्तराज्य अमेरिकाबीच गत वर्षदेखि नै युद्धको रुप लिएको व्यापारिक तनाब जारी छ । दुबै मुलुकले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनको उक्त तनाबले विश्वको आर्थिक वृद्धिमै असर पार्न थालेको छ । दुबै देशका वरिष्ट अधिकारीहरु व्यापारका क्षेत्रमा उत्पन्न असमझदारी अन्त्य गर्ने उपायको खोजी गरी नयाँ सम्झौता गर्ने तयारीमा छन् । दुई मुलुकबीच कुनै किसिमको सम्झौता नभए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया सामानमा थप करवृद्धि गर्ने चेतावनी दिइसक्नु भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले व्यापार वार्ताका क्रममा सुल्झन बाँकी मुद्दालाई टुङ्गो लगाई सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी राष्ट्रपति र चिनीया राष्ट्रपतिबीच अमेरिकाको फ्लोरिडामा शिखर बैठक हुनसक्ने बताएको छ । तर ट्रम्पकी प्रवक्ता सराह स्यान्डर्सले बैठकको मिति घोषणा गर्ने समय आइनसकेको बताए । “मितिको कुनै टुङ्गो लागेको छैन । चीनसँगको व्यापार वार्ता अझै जारी छ,” सराहले ह्वाइट हाउसमा भने । “वार्तामा सहमति हुने सम्भावना हुनासाथ बैठकको मिति घोषणा हुन्छ ।” सराहले दुबै राष्ट्रपतिबीच टेलिफोनमा तत्काल कुराकानी हुने बारेमा आफूलाई जानकारी नभएको बताए । उनले संयुक्तराज्य अमेरिकालाई हानि हुने कुनै पनि किसिमको सम्झौता राष्ट्रपति ट्रम्पलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे । रासस/एएफपी
केन्यामा १५७ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त, बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह
वासिङ्टन । छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ । बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु सोमबारदेखि नउडाउने निर्णय गरेको छ । चीनको यस कदमका कारण अरु देशले पनि यस्तै निर्णय गर्न सक्नेछन् । आइतबार इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । गत अक्टोबरमा लायन एयरले सञ्चालन गरिरहेको यही मोडेलको बोइङ दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । पछिल्लो दुर्घटनाका बारेमा महत्वपूर्ण सूचना दिने भनेकै फ्लाइट डाटा र ककपिटमा भएका कुराकानी सङ्ग्रह गर्ने दुईवटा ब्लाक बक्स हुन् । यी दुई उपकरणमा सङ्ग्रह हुने सूचनाको विश्लेषणबाट विमानको प्राविधिक समस्या, पाइलटको गल्ती वा अरु कारणहरु पत्ता लाग्न सक्दछ । “पाइलटले कठिनाई अनुभव गरेको र फर्कन चाहेको बताएका थिए । उनलाई फर्कने आदेश दिइएको थियो,” इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टिवोल्डो गेब्रेमारियमले आदिस अबाबामा पत्रकारहरुलाई बताए । विमान उडानका बखत इथियोपियाली राजधानीको मौसम राम्रो थियो । टिल ग्रुपका हवाई विज्ञ रिचार्ड आबुलाफियाले भने, “दुबै दुर्घटनाग्रस्त जहाज एकै मोडेलका हुन् । लायन एयर झैं इथियोपियन एयरलाइन्सको विमान पनि उड्नासाथ दुर्घटना भएको देखिन्छ र पाइलटले पनि प्राविधिक समस्या आएको खबर गर्नासाथ दुबै विमान दुर्घटनाग्रस्त भएका छन् । दुबैमा एकै प्रकृतिको समस्या देखियो ।” चिनियाँ नागरिक उड्डयन अधिकारीहरुले पनि दुबै ज्यानमारा दुर्घटनाबीच समानता देखिएको बताएका छन् । विमानको सुरक्षामा निश्चिन्त नहुँदासम्म यी मोडेलका विमान उडान रोक्ने निर्णय भएको उनीहरुले बताए । बोइङले ७३७ म्याक्स मोडेलका ७६ वटा विमान चिनीया एयरलाइन्सलाई बिक्री गरिसकेको छ भने अरु १०४ वटा विमानका लागि आदेश दिइसकेको छ । लायन एयर दुर्घटनाग्रस्त भएयता ७३७ म्याक्सप्रति उड्डयन क्षेत्रमा चासो र शंकाका दृष्टिले हेर्न थालिएको छ । मे २०१७ मा बोइङले ७३७ म्याक्स विमानको परीक्षण उडान समेत स्थगित गरेको थियो । यस जहाजको इन्जिन फ्रान्सको सफ्रान एयरक्राफ्ट इन्जिन्स र जीई एयिएसनको संयुक्त साझेदारीमा निर्माण गरिएको सीएफएम इन्टरनेसनल नामको कम्पनीले बनाएको हो । जनवरीको अन्त्यतिर बोइङले दुई इन्जिनयुक्त न्यारो–बडीका ३५० थान विमान बिक्री गरेको थियो जबकी बोइङसँग पाँच हजार ११ थान जहाजको माग आएको थियो । पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो । कम्पनीले बोइङ ७३७ म्याक्सलाई पछिल्लो पुस्ताको उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो । यस सिरिजको जहाज करिब १० हजार उत्पादन भइसकेका छन् । “अर्को दशकमा बोइङका लागि म्याक्स निकै महत्वपूर्ण कार्यक्रम हो । सन् २०३२ सम्म कम्पनीका उत्पादनको करिब ६४ प्रतिशत हिस्सा यही मोडेलको हुनेछ,” बजार विश्लेषक मिसेल मार्लुजीले बताए । “विश्वको यातायात र व्यापारका लागि यो अत्यावश्यक साधन हो ।” बोइङले इथियोपियन एयरलाइन्स दुर्घटनाबाट आफूहरु अति दुःखी भएको जनाएको छ । अनुसन्धानकर्ताहरुलाई बोइङका प्राविधिकहरुले पूर्ण सहयोग गर्ने पनि बोइङको भनाई छ । विज्ञहरुले पछिल्ला दुई घटनाले बोइङको बजार प्रभावित हुन सक्ने बताएका छन् । तर कम्पनीलाई हुन सक्ने क्षति सीमित मात्र हुनेछ किनभने यसको प्रतिस्पर्धी हाल एयरबस कम्पनीमात्र रहेको छ । बोइङको प्रतिष्ठा र अस्तित्वसँगै जोडिएकाले कम्पनीले सबै किसिमका प्राविधिक समस्या सुल्झाउन भरमग्दूर प्रयत्न पनि गर्नेछ । इन्डोनेसियामा अक्टोबर २९ मा भएको दुर्घटनापछि नै हवाई उड्डयन क्षेत्रका विज्ञहरुले विमानका बारेमा पर्याप्त सूचना सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका थिए । बोइङ ७३७ म्याक्स तत्काल नउडाउनु-चिनियाँ अधिकारी चीनले आन्तरिक एयरलाइन्स कम्पनीहरुलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानहरुको व्यापारिक, व्यावसायिक उडान तत्काल स्थगन गर्न निर्देशन दिएको छ । यही मोडेलका दुई वटा विमान छ महिनाको अन्तरालमा उड्नासाथ दुर्घटनाग्रस्त भएपछि चीनले यो कदम चालेको हो । दुबै दुर्घटनामा एकै किसिमका समस्या देखिएको भन्दै चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहुँदासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमानहरु नउडाउन निर्देशन दिएको छ । प्रशासनले जारी गरेको एक वक्तव्यमा उडान सुरक्षामा भरपर्दो र सुनिश्चितता भएपछि मात्र उडान पुनः शुभारम्भ हुने उल्लेख गरेको छ । वक्तव्यमा उड्डयन प्रशासनले अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने बताइएको छ । बोइङ र कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोमाक) ले चीनको झाउसानमा स्थापना गरेको प्लान्टमा ७३७ म्याक्स विमानको भित्री साजसज्जा गर्ने गरिएको छ । यो कारखानाबाट गत डिसेम्बरमा एयर चाइनाका लागि ७३७ म्याक्स जहाज बिक्री गरिएको थियो । यो विमान अमेरिकाको वासिङ्टनको रेन्टोनमा एसेम्बल गरिन्छ र भित्री साजसज्जाका लागि झाउसान ल्याउने गरिन्छ । इथियोपियन एयरलाइन्सद्वारा ७३७ म्याक्सका उडान स्थगित इथियोपियन एयरलाइन्सले बोइङ ७३७ म्याक्स मोडेको विमान दुर्घटनाग्रस्त भएसँगै यस मोडेलका अरु विमान तत्काल नउडाउने निर्णय गरेको छ । “इटी ३०२ को दुखदायी दुर्घटनासँगै इथियोपियन एयरलाइन्सका सबै बी-७३७-८ म्याक्स विमानहरुको उडान अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको छ,” एयरलाइन्सका तर्फबाट जारी ट्वीटमा भनिएको छ । इथियोपियन एयरलाइन्स इथियोपियाको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी हो । रासस/एएफपी