सेयरमा विदेशी लगानी खुला हुँदै, उद्योग मन्त्रालयले अगाडि सारेको प्रस्तावलाई सरकारी स्वीकृति पखर्नुपर्ने
काठमाडौं २०, असोज । सरकारले विदेशी कम्पनीलाई धितोपत्र बजारमा लगानी गर्न दिने गरी कानुन ल्याउने तयारी थालेको छ । वैदेशिक लगानी आकर्षित गर्न सरकारले पहिलोपटक धितोपत्र बजारमा विदेशीलाई लगानी गर्न दिने कानुन अगाडि बढाएको हो । विदेशी लगानीसम्वन्धि कानुनको संसोधन र एकीकरण गर्न बनेको विधेयकमा संस्थागत विदेशी लगानीर्तालाई धितोपत्र क्षेत्र खुला गर्ने व्यवस्था राखिएको छ । उद्योग मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामाथि सरोकारवालसँग छलफलको चरणमा रहेको छ । छलफल सकिएपछि यसालाई मन्त्रीपरिषद्बाटै स्वीकृत गराउनुपर्छ । विदेशी लगानीकर्ताले कम्पनी स्थापना गरी पूँजी लगानी कोष खडा गर्न सक्ने व्यवस्था विधेयकमा रहेको छ । यस्तो कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने व्यवस्था छ । तर, यस्तो कोष एउटै कम्पनीमा चुक्ता पूँजीको १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था गरिएको समाचार विहिबारको कान्तिपुर दैनिकमा छापिएको छ ।
अरनिको डेभलपमेन्ट बैंकको नौ लाख २८ हजार कित्ता शेयर निष्कासन, हकप्रद शेयरमा नौ करोडको लगानी अवसर
काठमाडौं १९, असोज । अरनिको डेभपलपेन्ट बैंकले नौ लाख २८ हजार १९० कित्ता शेयर हकप्रद शेयरको निष्कासन गर्ने भएको छ । यो बैंकले प्रतिकित्ता एक सय रुपैयाँ दरको यो शेयरबाट नौ करोड २८ लाख १९ हजार ३४ रुपैयाँ संकलन गर्ने भएको छ । यो बैंकको ९ लाख कित्ता शेयर खरीद गर्न चाहने हकप्रद शेयरका लागि नौ करोड रुपैयाँको लगानी अवसर रहेको छ । बैंकले आगामी कात्तिक ८ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएकको छ । यो बैंकले १२ गते सम्मका लागि हकप्रद शेयर भर्ने सूचना जारी गरेको छ । बैंकले १० कित्ता साधारण शेयर बराबार ३ दशमलव ६ कित्ता साधारण शेयरको लागि हकप्रद निष्काशन गरेको हो । यो बैंकको २५ करोड ७८ लाख ३० हजार ६५० रुपैयाँको चुत्ता पूँजी रहेको छ । १० शेयर बराबार ३.६ को अनुपातमा एक सयका दरले नौ लाख २८ हजार १९०. ३४ कित्ता हकप्रद शेयर असोज २७ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार भई कायम साविक शेयरधनीका लागि हकप्रद निकाष्काशन गरेको हो । यो बैंकको बजारमा ४ सय ६२ रुपैयाका प्रतिशेयरको कारोबार भइरहेको छ ।
सेयर बजार निरन्तर बढ्दै, परिसूचक १८०० नजिक, शिखरको २० करोडको कारोबार
काठमाडौं, १८ असोज । यो साता सेयर बजार शुरु भएको दिनदेखि निरन्तर बढ्दै गएको छ । मंगलबार नेप्से परिसूचक १८ दशमलब १० अंकले बढेर १७९८ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको १० लाख २७ हजार कित्ता सेयर १ अर्ब १२ करोड ८७ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन सबैभन्दा बढी शिखर इन्स्योरेन्सको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बङ्गलादेश बैंकको १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ४ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बैंक अफ काठमाडौं, कुमारी बैंक, प्रभु बैंक र ज्योति विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् । सो दिन अन्य समूह र फाइनान्स समूह बाहेक बाकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३१ अंकले उकालो लागेको छ । हाइड्रोपावर र बैंकिङ् समूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् ।