२४ वटा बीमा कम्पनी पाइपलाइनमा, १६ वटा जीवन, ८ वटा निर्जीवन

काठमाडौं । वित्त बजारमा रोचक दृष्य देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्ज भईराखेका छन् । नयाँ बैंक तथा वित्तीय संस्थाको लाइसेन्स बन्द भएको एक दशक हुन लागेको छ । तर बीमा बजारमा विस्तार आएको छ । पुर्नवीमा कम्पनी सहित हाल २७ वटा बीमा कम्पनी सञ्चालनमा छन् । २४ वटा बीमा कम्पनी भने कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर बीमा समितिको स्वीकृति पर्खिबसेका छन् ।   दर्ता भएका तर स्वीकृत नपाएका २४ बीमा कम्पनी १) अजोड इन्स्योरेन्स कम्पनी २) मनकामना इन्स्योरेन्स कम्पनी ३) इन्टरनेशनल लाइफ इन्स्योरेन्स ४) एलिएञ्ज नेपाल लाइफ इन्योरेन्स ५) एभरेष्ट बिजी लाइफ इन्स्योरेन्स ६) कान्तिपुर बीमा कम्पनी ७) बीन्नी इन्स्योरेन्स कम्पनी ८) रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९) जनरल इन्स्योरेन्स कम्पनी नेपाल १०) सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड ११) स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स १२) आइएमई लाइफ इन्स्योरेन्स १३) रिलायन्स लाइफ इन्स्योरेन्स १४) सानिमा इन्स्योरेन्स कम्पनी १५) एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल १६) लाइफ इस्योरेन्स कम्पनी कान्तिपुर १७) ग्लोबल लाइफ इन्स्योरेन्स १८) जीवनधारा लाइफ इन्स्योरेन्स १९) काठमाण्डू बीमा कम्पनी २०) सिटिजन्स लाइफ इन्स्योरेन्स २१) सन नेपाल लाइफ इन्स्योरेन्स २२) स्टार लाइफ इन्स्योरेन्स २३) लक्ष्मी लाइफ इन्स्योरेन्स २४) माहालक्ष्मी लाइफ इन्स्योरेन्स विगत ९ वर्षयता नयाँ बीमा कम्पनीलाई बीमा समितिले लाईसेन्स दिएको थिएन । गत साता मात्र बीमा समितिले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ जारी गरी नयाँ बीमा कम्पनीलाई लाईसेन्स खुला गरेको छ । त्यसपछि नयाँ बीमा कम्पनी खोल्न चाहाने प्रवद्र्धकहरु हौसिएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको तर बीमा समितिले स्वीकृत नदिएका बीमा कम्पनीको संख्या हाल २४ वटा रहेको छ । १६ वटा जीवन बीमा कम्पनी छन् भने ८ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । कम्पनी रजिष्ट्रारमा दर्ता भएको तर बीमा समितिमा आवेदन परेको बीमा कम्पनीहरु पनि रहेका छन् । पहिला सञ्चालनमा आएका तर बीमा समितिले स्वीकृत नदिएका कम्पनी छिट्टै खुल्ने सम्भावना छ । त्यस्तै ठूला व्यवसायिक घरानाले खोल्न लागेको बीमा कम्पनीहरु छिट्टै खुल्ने सम्भावना रहेको छ । कम्पनी रजिष्ट्रारमा दर्ता भएका र तर स्वीकृत नपाएका अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल, मनकामना इन्स्योरेन्स, इन्टरनेशनल लाइफ इन्स्योरेन्स , एलिएञ्ज नेपाल लाइफ इन्योरेन्स, एभरेष्ट बिजी लाइफ इन्स्योरेन्स, कान्तिपुर बीमा कम्पनी, बीन्नी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स,  सानिमा लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स कम्पनी,  एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल, लाइफ इस्योरेन्स कम्पनी कान्तिपुर, ग्लोबल लाइफ इन्स्योरेन्स, जीवनधारा लाइफ इन्स्योरेन्स, काठमाण्डू बीमा, सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, लक्ष्मी लाइफ इन्स्योरेन्स, माहालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । बीमा समितिले जीवन बीमा र निर्जीवन बीमा दुबै किसिमको बीमा व्यवसाय गर्ने उदेश्यले बीमा कम्पनी स्थापना गर्न खोजेको आवस्थामा  स्वीकृत नगर्ने व्यवस्था गरेको छ । त्यस कारण पनि  दर्तामा रहेका सबै बीमा कम्पनीले स्वीकृति पाउने सम्भावना कम देखिएको छ । बीमा समितिले जीवन बीमा कम्पनीको लागि न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम पुँजी १ अर्ब रुपैयाँ हुनु पर्ने निर्णय गरेको हो ।

बीमा कम्पनीलाई लक्षित विशेष ऋणपत्र ल्याउने बीमा समितिका अध्यक्षको भनाई, नेपाल लाईफको क्षेत्रीय कार्यालय पोखरामा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन तथा शाखा कार्यालयहरुको सशक्तिकरणबाट जीवन बीमा व्यवसायको बजार बिस्तार गर्ने उदेश्यले पोखरामा क्षेत्रीय कार्यालय खोलेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले शुक्रबार शो शाखाको उद्घाटन गरेका छन् । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले जीवन बीमा क्षेत्रले आम जनताको स–सानो बचत परिचालन गरि पूँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको र जीवन बीमा क्षेत्रसंग रहेको ठूलो पूँजीलाई मुलुकको बिकास निर्माणका लागि उपयोग गर्न बिशेष प्रकारको बिकास ऋणपत्र ल्याउन पहल गर्ने बताए । साथै उनले जीवन बीमाका क्षेत्रमा कम्पनीले गर्दै आएको सफलताहरुको सह्राहना गर्नुहुदै समग्र बीमा क्षेत्रको बिकास र बिस्तारका लागि आफू क्रियाशिल रहने बताएका छन् । संचालक कमलेश कुमार अग्रवालले बिद्यमान परिवेशमा क्षेत्रीय कार्यालयको आवश्यकता झनै बढ्न गएको एवं बिकेन्द्रिकरणका माध्यमबाट शाखा कार्यालयहरुको अनुगमनमा प्रभावकारिता बृद्धि भई बीमितहरुले सरल र सहज बीमा सेवा उपलब्ध हुने विचार राखे ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले क्षेत्रीय कार्यालय पोखराको स्थापनाबाट यस क्षेत्रको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास व्यक्त गर्दै बीमितहरुको लगानी प्रतिफल बृद्धि गर्न कम्पनीले हरसम्भव प्रयास गर्दै आएको र सो को सुनिश्चितताको लागि दीर्धकालिन लगानीका क्षेत्रहरुमा लगानी बिस्तार गर्ने प्रयास गरिरहेको भएतापनि सोको पर्याप्त उपलब्धता नभईरहेकोले बीमा क्षेत्रका लागि दीर्धकालिन सरकारी बिकास ऋणपत्रहरुको आवश्यकता रहेको बताए ।

जीवन बीमामा एक वर्षमै तीन अर्ब वृद्धि, ६ महिनामै १६ अर्बकाे काराेबार

काठमाडौ । पछिल्लो समय बीमा गर्नेको संख्या र कारोबार रकम दुवैमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म जीवन बीमा कारोबार १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गएको वर्षको दोस्रो त्रैमासिकसम्म १३ अर्ब ११ करोड ५२ लाख रुपैयाँको जीवन बीमा कारोबार भएको थियो । जीवन बीमाबापतको शुल्क गत वर्षको तुलनामा यस आर्थिक वर्ष तीन अर्बभन्दा बढीले वृद्धि छ । चालू आर्थिक वर्ष २०७३र७४ को दोस्रो त्रैमासिकसम्म सात लाख ५९ हजार २० जनाले बीमा गरेका छन् । गत वर्ष सोही अवधिमा ६ लाख ५६ हजार एक सय ४९ जनाले जीवन बीमा गरेको समितिले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष बिमा गर्ने पनि एक लाख दुई हजार आठ सय ५१ जना बढेका छन् । बीमा गर्नेको संख्या बढेसँगै बिमा रकम पनि बढेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । यस अवधिमा सात अर्बको सर्वाधिक जीवन बीमा भएको छ भने गएको वर्षको समीक्षा अवधिमा यस्तो बीमा ६ अर्ब रुपैयाँ मात्र थियो । यसरी बीमा गराउने कम्पनीमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स छ । यो कम्पनीले यस अवधिमा चार अर्ब ९४ करोडको जीवन बीमा गराएको छ । जीवन बीमा गराउने दोस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले यो अवधिमा तीन अर्ब ६७ करोडको जीवन बीमा गराएको छ । नेसनल लाइफ इन्स्योरेन्स सर्वाधिक जीवन बीमा गराउने कम्पनीको तेस्रो स्थानमा छ । यो अवधिमा कम्पनीले दुई अर्ब नौ करोडको जीवन बीमा गराएका थिए । अन्नपूर्ण पोस्टबाट ।