चार महिनामा ३ खर्ब ७४ अर्ब खर्च गर्नै पर्ने

  २०७४ साउन १३ गते १४:३७     विकासन्युज

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमाससम्म २९ दशमलव ४४ प्रतिशत खर्च गरिसक्नु पर्ने लक्ष्य निर्धारण गरेको छ । मन्त्रालय तथा विभिन्न सरकारी निकायबाट पहिल्लो चौमासको पछिल्लो महिनामा २५ प्रतिशतसम्म र अन्तिम साता कुल बजेटको १२ प्रतिशतसम्म खर्च भएपछि अर्थ मन्त्रालयले खर्चलाई व्यवस्थित र कार्य सम्पादनलाई गुणस्तरीय बनाउन यस्तो खर्च तालिका बनाएको हो ।

अब बजेट खर्चलाई बढवा दिन अर्थ मन्त्रालयले दोस्रो चौमासमा ३७ दशमलव ८० प्रतिशत खर्च गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेको छ । सरकारी आयोजनाहरूले पछिल्लो चौमासमा ३२ दशमलव ७६ प्रतिशत मात्र खर्च गर्न पाउने भएका छन् ।

अर्थ मन्त्रालयले बनाएको बजेट कार्यान्वयन तालिका अनुसार साउन, मंसिर र चैत १ गते चौमासिक रुपमा रकम प्रत्येक स्थानीय तहमा बजेट जानेछ । अर्थात उक्त समय सीमा भित्र बजेट स्थानीय संचित कोपमा हस्तान्तरण भइसक्ने अर्थ सचिव शान्तराज सुवेदीले बताए । कार्यक्रम सहित स्थानीय तहमा साउन ३० गतेभित्र बजेट हस्तान्तरण गरिसक्नु पर्ने छ । एक मुष्ठ बजेटको निकायगत बाँडफाँड यहि साउन १५ भित्र गरिसक्नु पर्नेछ ।

त्यसरी नै फागुन मसान्तसम्म रकमान्तर वा थप निकासा मार्ग गर्न नहुने व्यवस्था पनि अर्थ मन्त्रालयले गरेको छ । खरिद योजना, विस्तृत डिजाइन लागत अनुमान र बोलपत्र आह्वान साउन मसान्तसम्म गरिसक्नु पर्ने छ । ‘अब बोलपत्र मूल्यांकन स्वीकृति र ठेक्का सम्झौता असोजसम्म गरिसक्नु पर्छ ,’ सुवेदीले भने ‘कुनै पनि परियोजनासँग सम्झौता भएको १५ दिनभित्र कार्यदेश दिईसक्नु पर्नेछ ।

परियोजना तथा कार्यक्रम सञ्चालन गर्न कुनै कार्यविधि तथा निर्देशिका तर्जुमा तथा संशोधन साउन समान्तसम्म गरिसक्नु पर्ने छ । अस्थायी दरबन्दी सिर्जना र स्वीकृति पनि साउनभित्रनै गरिसक्नु पर्नुपर्ने छ । कुनै पनि कार्य सम्पादन भएको १० दिनभित्र तयार पार्ने र बिल पेश भएको १५ दिनमा भुक्तान भइसक्नु पर्ने जनाइएको छ । आम्दानी खर्चको विवरण मासिक रुपमा ७ दिनभित्र सार्वजनिक गरिसक्नु पर्ने व्यवस्था अर्थ मन्त्रालयले गरेको छ । सम्बन्धित मन्त्रालयका मन्त्री अध्यक्षतामा प्रत्येक दुई महिनामा प्रगति समीक्षा अनिवार्य रुपमा गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.