काठमाडौं । काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य इजरायलको राजधानीमा जेरुसेलम गएका छन् । अमेरिकी कंग्रेसको आयोजनामा फेव्रुवरी ११ देखि १५ तारिखसम्म इजरायलको राजधानी जेरुसलममा हुने मेयर सम्मेलनमा भाग लिन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मासहित मेयर शाक्य त्यतातर्फ प्रस्थान गरेका हुन ।

प्रस्थान गर्नु अघि महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए । पौष ३ गते नेपालका लागि इजरायलका राजदूत वेनी ओमरले मेयर शाक्यलाई मेयरमा सम्मेलनको निम्ता गरेका थिए ।
यस बर्षको सम्मेलन सुरक्षित सहर (सेफर सिटी) का विषयमा केन्द्रीत हुनेछ । मेयर शाक्य फागुन ४ गते स्वदेश फर्कने कार्यक्रम छ ।