सम्सारा रेमिट र दुबईको अलमिरकाव एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

<p>काठमाडौं । सम्सारा रेमिट र दुबईको कतार स्थित अलमिरकाव एक्सचेन्जका बीच द्धिपक्षीय करार सम्झौता भएको छ । सो सम्झौता पत्रमा सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनाबाबु श्रेष्ठ र अलकिराक एक्सचेन्जको तर्फबाट संस्थाका महाप्रबन्धक आयुग चोगाले हस्ताक्षर गरेको हुन् । सम्सारा रेमिटले आफ्नो सेवालाई देश र विदेशमा समेत थप विस्तार गरी सबै सेवाग्राहिहरुलाई सहज र सवल [&hellip;]</p>

काठमाडौं । सम्सारा रेमिट र दुबईको कतार स्थित अलमिरकाव एक्सचेन्जका बीच द्धिपक्षीय करार सम्झौता भएको छ । सो सम्झौता पत्रमा सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनाबाबु श्रेष्ठ र अलकिराक एक्सचेन्जको तर्फबाट संस्थाका महाप्रबन्धक आयुग चोगाले हस्ताक्षर गरेको हुन् ।

सम्सारा रेमिटले आफ्नो सेवालाई देश र विदेशमा समेत थप विस्तार गरी सबै सेवाग्राहिहरुलाई सहज र सवल रुपमा रेमिट्यान्स सेवा उपलब्ध गराउने उद्देश्यले उक्त संस्थाबीच सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात विदेशमा रहेका सेवाग्राहीले अलमिरकाव एक्सचेन्जका ७ वटा शाखा कार्यालयबाट नेपालभर रहेका यस रेमिट प्रा.लि का ४२०० भन्दा बढी सहायक प्र्रतिनिधीहरुका माध्यम सोझै रकम भुक्तानी लिन सकिने वा सम्बन्धित बैंकको बैंक खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै, आगामी दिनहरुमा सम्सारा रेमिटले विश्वका अन्य देशहरुमा समेत रेमिट्यान्स व्यवसायाई थप प्रगतिशिल र सहज बनाउँन आवश्यक पहल र गृहकार्य गरिरहेको कम्पनीका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले बताए ।

Share News