काठमाडौं । नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी असोज १७ र १८ गते आयोजना गर्ने निर्णय भएको छ ।
युनियनका सभापति शिव लम्सालले महाधिवेशनको मिति तय गरिएको जानकारी दिएका हुन् ।
महाधिवेशनको तयारीका लागि आवश्यक व्यवस्थापन तथा संगठनात्मक कामलाई तीव्रता दिइने उनले बताए ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै संगठनका भावी नीति तथा कार्यक्रमबारे पनि छलफल हुने लम्सालले जानकारी दिए ।