कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा मंगलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए ।

रसाइलीले श्रेष्ठको निधन भएको पुष्टि गर्दै उनका पार्थिव शरीरलाई बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए । त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने कार्यक्रम रहेको उनले बताए ।

श्रेष्ठ नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय नेता तथा पूर्वउपप्रधानमन्त्री थिए । पार्टी संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा उनले महत्वपूर्ण योगदान दिएका थिए । उनको निधनप्रति कांग्रेसका नेता–कार्यकर्तासहित विभिन्न राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Share News