काठमाडौं । निर्वाचन आयोगको गत वैशाख ३० गतेको निर्णयअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको समावेशी समूहअन्तर्गत मधेसी समूहको रिक्त प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका-१२ की सरिता कुमारी ठाकुर निर्वाचित भएकी छन् ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ९१० बमोजिम मधेस प्रदेशसभा सदस्यमा निर्वाचित ठाकुरलाई सोमबार (आज) मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको सपथ गराए ।
जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले संविधान र कानुनप्रति प्रतिबद्ध रहँदै जनताको सेवा तथा प्रदेशको समृद्धिका लागि इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले मधेस प्रदेशको विकास, सुशासन तथा जनताको हकहित संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।