नाडेप लघुवित्तले लाभांश नदिने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु वर्षका लागि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

संस्थाको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले सोही बैठकमार्फत गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णयसमेत गरेको जनाएको छ ।

लघुवित्तले यस वर्ष लाभांश नदिने निर्णय गर्नुको कारण भने खुलाइएको छैन ।   

Share News