यो साताभित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यो साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यो साताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको हो ।

विकासन्युजसँग कुरा गर्दै परीक्षा उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले नतिजा सार्वजनिक गर्ने तयारी भए पनि आज वा भोलि नै नभई यो साताभित्र सार्वजनिक हुनसक्ने जानकारी दिए ।

‘हाल बोर्डले नतिजमा कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । नतिजा सार्वजनिकको तयारीमा हामी लागिरहेका छौं, सबै काम सकेर बोर्ड बैठक बस्छ त्यसपछि बल्ल नतिजा सार्वजनिक हुन्छ, ज्ञवालीले भने ।

गत चैत १९ देखि २९ सम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । 

नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने छ ।

यसरी हेर्न सकिनेछ नतिजा : 

Share News