गृहमन्त्रालयमा भीआईपी मिटिङ, आयोगको प्रतिवेदन आजैदेखि कार्यान्वयन गर्ने

काठमाडौं । नवनिर्वाचित गृहमन्त्री सुधन गुरुङले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवदेन कार्यान्वयन गर्न भीआईपी मिटिङ बोलाएका छन् । 

उनले गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहितको भीआईपी सम्मिलत बैठक बोलाएका हुन् । अहिले गृहमन्त्रालयमा बैठक बसिरहेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । उक्त निर्णयपछि उनले सुरक्षाकर्मीको उच्चस्तरीय बैठक बोलाएका हुन् । 
 

Share News