काठमाडौं । नयाँ गठित मन्त्रिपरिषद बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको आन्दोलन र अन्य घटनाका सहिदहरूप्रति श्रद्धाञ्जली दिएको छ ।
यस्तै, बैठकले सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेललाई नियुक्त गरेको छ ।
बैठकले गत भदौको २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ सरकारका प्रवक्ता तथा शिक्षा सस्मित पोखरेलले बताए ।
यस्तै, सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको छ ।
यी हुन् ४ निर्णय
१.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय ।
२.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने ।
३.शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत ।
४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने ।