मनमैजुको घरमा छिरेको चितुवाको उद्धार

काठमाडौं । काठमाडौंको मनमैजुमा एक घरमा छिरेको चितुवालाई उद्धार गरिएको छ  । तारकेश्वर नगरपालिका ९ स्थित चन्द्रमणी अधिकारीको घरमा छिरेको चितुवालाई उद्धार गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । 

उनका अनुसार काठमाडौं डिभिजन वन कार्यालयको टोली र नेपाल प्रहरीको टोलीले सँगै उद्धार गरेको हो ।
साढे १ बजे सोही घरमा चितुवा छिरेको स्थानीय सपना राईले जानकारी दिइन् । उनका अनुसार सुरुमा घरको भुँइतलाको सटरमा चितुवा छिरेको थियो । 

चितुवाले आक्रमण गर्दा ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीया मायानाथ वाग्लेलाई घाइते बनाएको थियो । उनीहरू दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ ।

Share News