काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र मोबाइल चोरी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय मेन्सुहाङ राई, १८ वर्षीय समिर तामाङ, १८ वर्षीय प्रज्वल राई र १८ वर्षीय जनम तामाङ रहेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले तीन वटा चोरीका मोटरसाइकल, २ वटा स्कुटर र मोबाइल ७ थान सहित नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका ६ बाट चोरी भएको बागमती प्रदेश ०२-०६० प ४९५८ नम्बरको ३५० सिसिको बुलेट मोटरसाइकल काठमाडौं महानगरपालिका २६ ठमेलबाट चोरी भएको बागमती प्रदेश ०२-०१९ प ३३४१ नम्बरको १२५ सिसिको रेयाज स्कुटर रहेको छ ।
त्यसैगरी, ललितपुर महानगरपालिका १४ शोभाहिटीबाट चोरी भएको बाप्र ०२-०३७ प ५२९६ नम्बरको डियो स्कुटर, काठमाडौं महानगरपालिका १३ कालीमाटीबाट चोरी भएको बाप्र ०२-०१५ प ५४९९ नम्बरको ३५० सिसिको बुलेट मोटरसाइकल र बानेश्वरबाट चोरी भएको मधेश प्रदेश ०३-०३६ प ९०४६ (परिवर्तित) नम्बरको बुलेट मोटरसाइकल रहेको छ ।
बरामद चोरीका मोबाइलहरू आइफोन १६ प्लस, सामसुङ मोबाइल २, आइफोन १६ प्रोम्याक्स १, ओप्पो मोबाइल १, रेडमी १ र होनोर १ थान रहेको छ ।