निर्वाचनको समयमा ३ दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकार समक्ष सिफारिस गरेको छ ।

आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार आयोगले आइतबार सरकारलाई पत्र पठाउँदै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न आग्रह गरेको हो । मतदानमा आम नागरिकको उत्साहजनक सहभागिता सुनिश्चित गर्न र मतदातालाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले यस्तो प्रस्ताव गरिएको उनले बताए ।

निर्वाचनअघिको तयारी, मतदानको दिनको व्यवस्थापन तथा त्यसपछिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन तीन दिन बिदा आवश्यक हुने आयोगको धारणा रहेको छ । आयोगले निर्वाचन प्रक्रियालाई व्यवस्थित, सुरक्षित र सहभागितामूलक बनाउन यस प्रकारको सिफारिस गरिएको जनाएको छ ।

Share News