काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको भवन पुनःनिर्माण हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा पुनः निर्माण गर्ने निर्णय गरेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति पनि गठन हुने भएको छ ।