उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धराशायी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सूत्रीय अभियानमा लागेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आज काठमाडौंमा आयोजित कर्पोरेट परिषद्को प्रथम भेलामा उनले उद्योग व्यवसायको नीतिगत सुधार नभएसम्म समृद्धि नआउने बताएका हुन् । ‘उद्योगी व्यवसायीका लागि सरकारले नीतिगत सुधार मात्रै गरे [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धराशायी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सूत्रीय अभियानमा लागेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आज काठमाडौंमा आयोजित कर्पोरेट परिषद्को प्रथम भेलामा उनले उद्योग व्यवसायको नीतिगत सुधार नभएसम्म समृद्धि नआउने बताएका हुन् ।

‘उद्योगी व्यवसायीका लागि सरकारले नीतिगत सुधार मात्रै गरे उद्योग व्यवसाय फस्टाउँछ, नीतिगत जटिलताले देशका उद्योग कलकारखाना सञ्चालन गर्न गाह्रो छ, म एक्लै भए पनि एक सूत्रीय अभियान नै बनाएर उद्योगी व्यवसायीका पक्षमा नीतिगत सुधारका लागि लड्छु,’ मन्त्री भण्डारीले भने ।

निजी क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले उद्योग मन्त्रालयबाट गर्नुपर्ने कानून सुधारका कामका लागि सुझाव दिन उद्योगी व्यवसायीसँग आग्रह गरे ।

‘उद्योगी व्यवसायीले सरकारसित धेरै ठूलो केही मागेका छैनन्, केवल नीतिको सुधारको माग छ, उनले भने ।

Share News