पूर्वाधार विकास बैंकले ब्याज आम्दानीबाट कर्मचारीलाई बोनस बाँडन नपाउने

<p>काठमाडौं । पूर्वाधार विकास बैंकले अब निक्षेपको ब्याज आम्दानीबाट कर्मचारीलाई बोनस बाँडन नपाउने भएको छ । बाणिज्य बैंकहरुमा निक्षेप राखेर ब्याज आम्दानी गर्ने सो ब्याज आम्दानीबाट प्राप्त रकम बोनसको रुपमा बाड्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले नेपाल पूर्वाधार विकास बैंक सम्बन्धी निर्देशनलाई संसोधन गर्दै बाणिज्य बैंकहरुमा निक्षेप राखेर ब्याज खाने व्यवस्था [&hellip;]</p>

काठमाडौं । पूर्वाधार विकास बैंकले अब निक्षेपको ब्याज आम्दानीबाट कर्मचारीलाई बोनस बाँडन नपाउने भएको छ ।

बाणिज्य बैंकहरुमा निक्षेप राखेर ब्याज आम्दानी गर्ने सो ब्याज आम्दानीबाट प्राप्त रकम बोनसको रुपमा बाड्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले नेपाल पूर्वाधार विकास बैंक सम्बन्धी निर्देशनलाई संसोधन गर्दै बाणिज्य बैंकहरुमा निक्षेप राखेर ब्याज खाने व्यवस्था परिमार्जन गरेको हो ।

राष्ट्र बैंकले पुरानो निर्देशिका संसोधन गर्दै स्थापनाको २ वर्षपछि मात्रै संस्थापक सेयरधनी नरहेको वाणिज्य बैंकहरुमा ब्याज आम्दानी हुने गरी खाता खोल्न पाउने व्यवस्था गरेको छ ।

यसअघि पूर्वाधार विकास बैंकले स्थापनाको एक वर्ष पुरा भएपछि आफू संस्थापक सेयरधनी नरहेको वाणिज्य बैंकहरुमा मुद्दती निक्षेपमा खोलेर १ अर्बसम्म निक्षेप राख्न पाउने व्यवस्था थियो ।

Share News