सनराइज बैंक र एनबीआईबीच सहकार्य, कर्मचारीलाई व्यक्तित्व तथा सिप विकास गराइने

<p>काठमाडौँ । सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट(एनबीआई)बीच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सनराइज बैंकका कर्मचारीहरुलाई व्यक्तित्व तथा सिप विकासको प्रशिक्षणमा [&hellip;]</p>


काठमाडौँ । सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट(एनबीआई)बीच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सनराइज बैंकका कर्मचारीहरुलाई व्यक्तित्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ ।

वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उत्त सम्झौता यस आर्थिक वर्षको पहिलो सम्झौता रहेको नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसन्जिव सुब्बाले बताए ।

Share News